सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय क्वारेन्टाईनबाट नेपालीको प्रश्न : हाम्रा नेता छन् की छैनन् ?

२०७७ जेठ ७, ०३:४३ खबर संवाददाता

धनगढी : कोरोना भाईरसको महामारीपछि ज्याला मजदुरी गुमेपछि स्वदेश फर्किन सीमा क्षेत्रका पुगेका नेपालीहरुले उद्दारको माग गरिरहेका छन्। कैलाली र कञ्चनपुरका सीमानाकामा हजारौँ नेपाली आएर जन्म भूमीको ढोका खुल्ने प्रतिक्षा गर्दै बसेका छन्।

झण्डै दुई महिनादेखि कैलालीसँग जोडिएको पलियाको क्वारेनटाईनमा बसेकाहरुलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको केही दिन नबित्दै करिब दुई हजार जना फेरी आईपुगेका छन्। स्वदेश फर्किन सीमानाका सम्म पुग्ने क्रम जारी रहेको छ।

जननिर्वाचित जनप्रतिनिधी र नेताहरुले उद्दारका लागि पहल नगरेको भन्दै आक्रोशित भएका मजदुरहरुले नेता भए÷नभएको विषयमा समेत प्रश्न उठाएका छन्। जेठ ४ गतेदेखि पलियाको क्वारेन्टाईनमा रहेको बताउँने ६५ वर्षीय बृद्धले प्रश्न गर्दै भनेका छन्, हाम्रा नेता छन् की छैनन् ?

भोली माथि जाउला भन्ने आशा छ की छैन् ? सामाजिक सञ्जालमा सार्वजनिक उक्त भिडियोमा ती व्यक्तिले आफूलाई ६५ वर्षको उल्लेख गरेका छन् भने घर बझाङको थलारा गाउँपालिका बताएका छन्।

उनले विगत तीन दिनदेखि पलियामा आफूहरु भोकाभोकै बस्नुपरेकाले आफ्नो स्थानीय तहमा लगेर क्वारेन्टाईनमा राखिदिन समेत माग गरेका छन्। उनले दैनिक दुईवटा केराको भरमा बस्नुपरेको कुरा समेत भिडियो मार्फत भनेका छन्।

थलारा गाउँपालिकाकै नै घर बताउँने अर्का पुरुषले पनि गाउँपालिकाका अध्यक्षकै सल्लाह बमोजिम आफूहरु सीमानाका सम्म पुगेको तर अहिले आएर टेलिफोन समेत उठाउन छोडेको गुनासो गरेका छन्।

अहिले सम्म पलियामा गाउँपालिकाका १९ जना पुगेकाले शिघ्र उद्दारको माग भिडियो मार्फत उनीहरुले गरेका छन्।

सीमामा अलपत्र परेका मजदुरको उद्दार गर्ने विषय भईरहेको पहल बारे बुझ्न खोज्दा थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्याय सम्पर्कमा आएनन्। 
 

कमेन्ट लोड गर्नुस