सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीफन्टा नाकाबाट फर्किन १५ सय नेपाली पलिया पुगे

२०७७ जेठ ७, १२:१८ खबर संवाददाता

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किन एक हजार पाँच सय नेपाली पलिया पुगेका छन्।

भारतका विभिन्न स्थानमा ज्याला मजदुरी तथा अन्य काम गर्दै आएका एक हजार पाँच सय जना पलिया आईपुगेका हुन्। पलियामै रहेका बैतडीका नरेन्द्र चन्दले भारतका विभिन्न स्थानबाट बस तथा ट्रक मार्फत अहिले सम्म एक हजार पाँच सय बढि जना पलिया पुगिसकेको जानकारी दिए।

उनका अनुसार अझै हजारौँको संख्यामा मजदुरहरु आउने क्रम जारी रहेको छ। उनीहरुले स्थानीय प्रशासनसँग उद्दारको माग गरेका छन्। कैलाली प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले अहिले सम्म पलियामा ९ सय बढि मानिस आईपुगेको जानकारी प्राप्त भएको बताए।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा पलियामा रहेका साढे ९ सय मजदुरको उद्दार गरिएको थियो।

अहिले सीमा क्षेत्रमा पुगेकाहरुलाई पनि उद्दार गर्न तयार रहेको तर सीमा नाकाबाट गन्तव्य पुगाएर क्वारेन्टाईनमा राख्ने व्यवस्था सम्बन्धीत स्थानीय तर र प्रदेश सरकारले गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस