सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चामल प्रकरण : सप्लायर्सलाई कालो सूचीमा राख्न सुझाव

२०७७ जेठ ६, ०९:३२ खबर संवाददाता

धनगढी : धनगढीमा कुहिएको चामल वितरण प्रकरणमा छानविन समितिले आपूर्तिकर्तालाई हदैसम्म कारवाहीको सिफरिस गरेको छ।

धनगढी उप–महानगरपालिकाले गठन गरेको समितिले छैठौँ दिनमा प्रतिवेदन कार्यालयपालिका बैठममा पेश गर्दै आपुर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई हदैसम्मको कारवाहीको सिफारिस गरेको हो।

राहतको चामल आपुर्तिका लागि ठेक्का पाएको आपूर्तिकर्ता ठाकुर टे«ड लिंकलाई खरिद ऐन अनुसार सम्झौता अन्त्य गर्न सक्ने सुझाव दिएको छ।

छानविन समितिले वैशाख १४ गते भएको खरिद सम्झौता बमोजिम आपूर्ति नभएकाले खरिद सम्झौताको अन्त्य गर्न सक्ने उल्लेख गरेको छ।

आपूर्तिकर्ता फर्म ठाकुर टे«ड लिंकले धनगढी उपमहानगरपालिका र सो फर्म बिच भएको सम्झौता कार्यान्वयन गर्दा सम्झौता अनुरुपको दायित्व पालना नगरेको पाईएकोले सार्वजनिक खरिद ऐन ०६३ को दफा ६३ बमोजिम फर्मलाई कालो सूचीमा राख्ने कार्य लगायत अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने सुझाव पनि छानविन समितिले दिएको छ।

छानविन समितिले कर्मचारी र जनप्रतिनिधिलाई भने जोगाएको छ। 
 

कमेन्ट लोड गर्नुस