सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चामल प्रकरण : छानविन समितिले जनप्रतिनिधि र कर्मचारीलाई जोगायो

२०७७ जेठ ६, ०९:२० खबर संवाददाता

धनगढी : धनगढीमा कुहिएको चामल वितरण प्रकरणमा छानविन समितिले आपूर्तिकर्तालाई हदैसम्म कारवाहीको सिफरिस गरेको छ।

धनगढी उप–महानगरपालिकाले गठन गरेको समितिले छैठौँ दिनमा प्रतिवेदन कार्यालयपालिका बैठममा पेश गर्दै आपुर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई हदैसम्मको कारवाहीको सिफारिस गरेको हो।

राहतको चामल आपुर्तिका लागि ठेक्का पाएको आपूर्तिकर्ता ठाकुर टे«ड लिंकलाई खरिद ऐन अनुसार सम्झौता अन्त्य गर्न सक्ने सुझाव दिएको छ। छानविन समितिले वैशाख १४ गते भएको खरिद सम्झौता बमोजिम आपूर्ति नभएकाले खरिद सम्झौताको अन्त्य गर्न सक्ने उल्लेख गरेको छ। 

आपूर्तिकर्ता फर्म ठाकुर टे«ड लिंकले धनगढी उपमहानगरपालिका र सो फर्म बिच भएको सम्झौता कार्यान्वयन गर्दा सम्झौता अनुरुपको दायित्व पालना नगरेको पाईएकोले सार्वजनिक खरिद ऐन ०६३ को दफा ६३ बमोजिम फर्मलाई कालो सूचीमा राख्ने कार्य लगायत अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने सुझाव पनि छानविन समितिले दिएको छ। 

छानविन समितिले कर्मचारी र जनप्रतिनिधिलाई भने जोगाएको छ। धनगढी उप महानगरपालिकाले राहत खाद्य सामाग्री खरिद प्रकृयामा कार्यालयको मूल्याङ्कन समिति गठन गर्दा सार्वजनिक खरिद नियमावली विपरित गठन गरेको, आपूर्ति गरिएको खाद्य सामाग्रीको सार्वजनीक खरिद नियमावली २०६४ को नियम ११५ को उपनियम १ बमोजिम प्राविधिक स्पेसिफिकेसन र गुणस्तर बमोजिम भए नभएको निरीक्षण वा परिक्षण गर्नु गराउनु पर्नेमा सो कार्य पनि नगरेको, खाद्यान्न खरिद प्रकृयामा तयार भएका केहि कागजातहरुमा यर्थाथ मिति फरक परी टाईपिङ ईरर समेत देखिएको छानवित समितिले निष्कर्ष निकालेको छ।

तर उक्त प्रक्रियामा संग्लन र ठेक्कामा मिलोमतो गरेको आरोप खेप्दै आएका जनप्रतिनिधि र कर्मचारीलाई भने कारवाहीको सिफारिसत समेत गरिएको छैन्। 

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका थिए । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका थिए।
 

कमेन्ट लोड गर्नुस