सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा आगलागी हुँदा दश लाख बराबरको क्षती

२०७७ जेठ ६, ०२:४१ डीवि विष्ट

बझाङ :  बझाङमा विद्युत सर्टभई आगलागी हुँदा दश लाख बराबरको क्षती भएको छ। सोमबार राति जिल्लाको छविसपाथीभेरा गाउँपालिका वडा नम्बर १ सुगालाका रमेश गिरीको घर र पसलमा आगलागी हुँदा दुवै जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नेत्र बोहराले बताए। 

घरमा भएको सुनचाँदी, अन्न, भाँडाकुँडा, लत्ताकपडाका साथै पसलमा भएका सबै सामान जलेर खरानी भएको बोहराले बताए। आगलागीबाट मानविय क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ।

राति ९ बजे लागेको आगो बिहान ३/४ बजेतिर मात्रै प्रहरी र स्थानीय मिलेर नियन्त्रणमा लिएका थिए।  घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोे जनाइएको छ।  

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस