सुदूर नेपाललाई विश्वसँग जोड्दै

घर फर्किने आशमा कैलालीको सीमामा पुगेका नेपालीलाई पलिया लगेर छाडियो

२०७७ जेठ ५, ०६:४९ खबर संवाददाता

धनगढी : भारतबाट कैैलालीको सीमानाका पुगेका तीन सय नेपालीलाई पलिया लगेर अलपत्र छाडिएको छ। स्वदेश फर्किन कैलालीको गौरीफन्टा नाकासम्म पुगेका मजदुरहरुलाई सीमावर्ती भारतीय क्षेत्रमा स्थापना गरिएको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको भनिएपनि उनीहरुलाई पलिया लगेर अलपत्र पारिएको हो। 

झण्डै डेढ महिनादेखि कैलालीको सीमावर्ती क्षेत्र पलियामा राखिएकाहरुको तीन दिन सीमा खोलेर नेपालीलाई नेपाल प्रवेश गराईएको थियो। नेपाल प्रवेशको आशामा भारतका विभिन्न शहरमा मजदुरी गर्दैआएका उनीहरु गौरीफन्टा नाका पुगेपनि त्यहाँबाट फर्काएर पलिया स्थित क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था दयनिय रहेको सागर भट्टले बताए। उनले  नेपालीहरुको अवस्था नाजुक रहेको र अलपत्र पारिएको बताए। 

कमेन्ट लोड गर्नुस