धनगढी डाइग्नोस्टिक्स प्रालिद्वारा संचारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग
धनगढी : धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले संचारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। प्रालिले नेपाल पत्रकार महासंघ धनगढी शाखालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तण गरेको हो।
धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक महेन्द्र साउँदले नेपाल पत्रकार महासंघका जिल्ला शाखाका कोषाध्यक्ष हिमाल जोशीलाई सो स्वास्थ्य सामाग्री हस्तान्तण गरेका हुन्।
स्वास्थ्य सामग्री बुझ्दै कोषाध्यक्ष जोशीले स्वास्थ्यकर्मी सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि फ्रन्ट लाईनमा काम गरिरहेको यो अवस्थामा सहयोगले थोरै भएपनि राहत भएको बताए।