सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको आईसोलेसनमा भर्ना भएका कैलालीका ५ जनाको आज परीक्षण हुने

२०७७ जेठ ५, ०७:०९ खबर संवाददाता

धनगढी : कोरोना भाईरसको आशंकामा सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना भएका कैलालीका पाँच जनाको आज परीक्षण हुने भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोरोना आशंकामा भर्ना भएका मध्ये चारजनाको आईतबार नै थ्रोट स्वाबको नमूना संकलन भईसकेको र एकजनाको आज हुने बताए।

उनीहरुको नमूना आजै पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी पीसीआर विधीबाट कोरोना परीक्षण हुनेछ। आईतबार कोरोना आशंकामा कैलालीका पाँच जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका छन्।

उनीहरु मध्ये गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा  र्‍यापिड टेस्ट गदौ एन्टीबडी देखाएको थियो।

यस्तै कोरोना जस्तै लक्षण देखाएपछि आईतबार नै कैलालीको कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका –१३ का ३० वर्षीय पुरुष आइसोलेसनमा भर्ना भएका छन्।

अस्पतालका आइसोलेसनमा भर्ना भएका मध्ये हसुलियाकी २७ वर्षीया महिलामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको छ।

ती महिलाका भाई दुई महिनाअघि देहरादुनबाट आएको बुझिएको छ भने धनगढीका ३० वर्षीय पुरुष डेढ महिना अघि मलेसियाबाट आएको बताइएको छ। ती पुरुषमा डाईरिया र उनकी श्रीमतीमा घाँटी तथा छाती दुख्ने समस्या देखिएपछि आफै अस्पताल पुगेका हुन्।     

कमेन्ट लोड गर्नुस