सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका दिवेश अमेरिकन आइडलको फाइनलमा

२०७७ जेठ ५, ०६:२२ खबर संवाददाता

नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन्। टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ। दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन्।

फाइनल राउण्ड पनि सुरु भइसकेको छ। यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन्। साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ। सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस