सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी प्रयोगशालामा परीक्षण गरिएका ५५ जनाको रिर्पोट नेगेटिभ

२०७७ जेठ ४, ०६:५० खबर संवाददाता

धनगढी : धनगढीमा कोरोना भाईरसको परीक्षण गरिएका ५५ जनाको रिर्पोट नेगेटिभ आएको छ।

पशु अन्वेषण प्रयोगशाला धनगढीमा जडान गरिएको आरटी पीसीआर मेसिन मार्फत शनिबार साँझ परीक्षण गरिएका ५५ जनाको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार डडेल्धुराका ४७, बैतडीका ४, कञ्चनपुरका २, कैलाली र डोटीका एक÷एक जनाको रिर्पोट नेगेटिभ आएको हो। 

 
 

कमेन्ट लोड गर्नुस