सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा समाजिक अभियानमा सक्रिय सुदूरपश्चिमका एक युवकको मृत्यु

२०७७ जेठ ३, ०६:२६ खबर संवाददाता

धनगढी : भारतमा समाजिक अभियानमा सक्रिय सुदूरपश्चिमका एक युवकको मृत्यु भएको छ। डोटीको सायल गाउँपालिका– ५ पटाकानी घर भई हाल रोजगारीको शिलशिलामा भारतको  चेन्नेइमा रहेका ३२ वर्षीय गणेश बोगटीको शनिबार बिहान मृत्यु भएको हो। 

सुदूरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिका सचिव रहेका उनको शनिबार बिहान स्वास्थ्य अवस्था बिग्रीएको र अस्पताल लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारत समितिले जनाएको छ। 

बोगटीको मृत्युको कारण नखुलेको बताइएको छ। शव भने अस्पतालमै राखिएको छ। 

यस्तै बोगटीको निधनप्रति शोक विज्ञप्ती निकाल्दै सुदूरपश्चिमेली नेपाली समाज भारत समितिले समवेदना व्यक्त गरेको छ।  

कमेन्ट लोड गर्नुस