नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो
नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा दाङका तीन जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ।
यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ।