धनगढीमा कुहिएको चामल वितरण भएपछि नागरिक संघसंस्थाहरुको ध्यानाकर्षण
धनगढी : धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेपनि नागरिक संघसंस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन्। विभिन्न ६ वटा नागरिक संघसंस्थाहरुले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्।
‘धनगढी उपमहानगरपालिकाले वडा नं. ४ मा राहत वितरण गर्दा कुहिएको र किरा परेको चामल वितरण गरिएको पाइएकोले यस्ता घटनाहरु अन्यत्र पनि हुन सक्ने भएकोले नागरिक संघ/संस्थाहरुको ध्यानाकर्षण भएको छ। आगामी दिनमा राहत वितरणमा यस्ता कार्यहरु नदोहोरिन दिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ।’ जारी विज्ञप्तीमा भनिएको छ।
मुल्यबृद्धि, कालोबजार गर्ने र गुणस्तरहिन बस्तु बिक्रि वितरण गर्नेलाई कानुन बमोजिम कारवाहीको समेत माग गरिएको छ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाह, गैरसरकारी संस्था महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष देवीप्रशाद खनाल, फियान नेपालका कानुन तथा क्षमता विकास अधिकृत मुकुन्द राना, उपभोक्ता हित संरक्षण मञ्च,नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष भवानी चलाउने, खाद्य अधिकार सञ्जाल सुदूरपश्चिमका संयोजक वलवहादुर रोकाया, खाद्य अधिकार सञ्जाल, कैलालीका संयोजक धनपति ढुंगेल र याक नेपालका कार्यकारी निदेृशक डवल बलमे सयुक्त रुपमा विज्ञप्ती जारी गरेका हन्।