सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैना तेरा हातका काफल (देउडा गीत)

२०७७ जेठ १, ०१:२०

बैना तेरा हात का काफल  बसेर खाऊँ भने
बन्द छन भन्सारका नाका नेपाल आऊँ भने 
कसेरी नेपाल आउनो  कस्या भेटु बैना
सौंराइ कि मरु भैइ मलाई  कठै लाणि दैन। 

बैना मेरी काफल टिप्दिइ  डाँणिका चुर है
काफल खाने भाग्य छैन के गरु दुर है

साल सालै समुन्द्र पारी के कर्म आगलागी
भाइ बिनाको छुट्याम भयो परदेशै भाग लागि 

काफल टिपेइ छापरि माइ  ऐसेलु दुना माइ
जिन्दगी गैजाने होकि कठै सम्जेर रुना माइ 

बैना काफल खाइजा भन्नि  म याँ आँशु पुत्थोओ
प्यारी बैना सम्ज्या बेला  उणि आउँकि सुत्तोओ 

तेरो मायाँ मुटुभरी  प्यारी बैना मेरि
रात भरी रोएर काटेइ  तस्बिर मा हेरि 

कि त पिठि बैना न हौउ  कि दुख्ने मन नहौउ
दाजु परदेश बैना घरदेश  यो बैरि धन नहौउ 

जुगौ जुग बाँची रएइ  प्यारी बैना कृष्णा
मरिग्या लैइ घटने छैन यो मायाको तिष्णा 

सुन भन्दा त चाँदी निको जति टल्क्या पन
यो माया जन मरौ बैना  डाँणि ढल्क्या पन 

शेर बहादुर बोहरा, बडीकेदार गाउँपालिका–५ डाँडागाउँ भणार डोटी, हाल समुन्द्र पारी 
 

कमेन्ट लोड गर्नुस