सुदूर नेपाललाई विश्वसँग जोड्दै

पृयसी

२०७७ वैशाख ३१, ०८:१३

उही थियो रङ्ग, उइ थियो ढङ्ग, कसरी बनेकी 
हेर न हेर, सङ्गै जाउ भन्दा, म जान्न भनेकी 
म एक्लै जान्छु नआउ भन्दा, रिसले जलेकी 
दियोमा तेल, थापे झै उनी, धपक्क बलेकी ।।

हसिलो मुहार, क्या दामी दन्त, छपक्क बसेकी 
म पनि जान्छु, साथैमा लैजाउ, मोहमा फसेकी 
रातदिन म त, तिम्रै नाम लेख्छु, दिलका पानामा
आउछेउ भने त, स्वागतै छ रे, गरिवका छानामा ।।

छुटेमा हामी, रात दिन तिमी, कसरी काटुली 
सम्झ त त्यो दिन, फर्केर हेर, ए मेरि बाटुली 
तिमी भए त, साथैमा मेरो, रात प्यारो मलाइ 
 तितै भए नि, मिठै लाग्थ्यो, बात प्यारो मलाइ ।। 

आटो र ढिडो, गुन्द्रक खान्छु, त्यै तिमी खाउली 
छोडेर नजाउ, म जस्तो तिमी, खोजे का पाउली 
तराइमा तिमी, जन्मिए पनि, पहाडमा झरौला 
सङ्ग सङ्गै हामी त्यै हुन्छ राम्रो, लुकामारी गरौला ।।

निद्रा त मीठो त्यै हुन्छ ’सानी’ के विचार गरि छौ 
गरेउ कि निधो, केही त बोल, अलमलमा परि छौ 
जान्छेउ भने, म पनि राजी, कहिल्यै कर गर्दिन 
अल्लारे जोवन, बैसालु यौवन, कहिल्यै भर पर्दिन ।।
हरिश चन्द,कञ्चनपुर

 

कमेन्ट लोड गर्नुस