सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुरामद्वारा भारतीय क्वारेन्टाइनबाट निकालिएका ३० जनाको उद्धार

२०७७ वैशाख ३१, ०७:३३ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाले भारतको टनकपुर क्वारेन्टाइनबाट निकालिएका ३० जनाको उद्धार गरेको छ। भारतमा लकडाउनका कारण अलपत्र परेर नेपाल प्रवेश गरेका नागरिकको नगरपालिकाले उद्धार गरेको हो।

रोजगारीको सिलसिलामा उनीहरू भारत गएका थिए। तर, सिमानाका बन्द भएकाले उनीहरू भारतीय क्वारेन्टाइनमै बसिरहेका थिए। नेपाल प्रवेश गरेका ३० जनाको महेन्द्रनगरबाट उद्धार गरिएको नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए। उद्धार गरिएको उनीहरू रशुराम नगरपालिकाका २६ र आलिताल गाउँपालिकाका ४ जना रहेका छन्।

उनीहरूमध्ये परशुरामका २६ जनालाई जोगबुडास्थित त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ भने आलितालका ४ जनालाई गाउँपालिकाको जिम्मा लगाइएको छ।

हालसम्म विभिन्न बाह्य मुलक तथा भारत र देशकै अन्य क्षेत्रबाट आएका ६० जनालाई जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत पनेरुले जानकारी दिए।

कमेन्ट लोड गर्नुस