सुदूर नेपाललाई विश्वसँग जोड्दै

संक्रमित बालिकाको सम्पर्कमा आएका कैलालीका १०१ जनाको नमुना संकलन

गोदावरी नगरपालिका वडा नम्वर ८ मजगाउँ
गोदावरी नगरपालिका वडा नम्वर ८ मजगाउँ
२०७७ वैशाख ३१, ०७:२० खबर संवाददाता

धनगढी : बर्दीयाकी संक्रमित बालिकाको सम्पर्कमा आएका कैलालीका एक सय एक जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ८ मजगाउँका ९६ र भजनी नगरपालिकाका ५ जना गरी अहिले सम्म एक सय एक जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा ४२ दिन बसेर बर्दिया पुगेकी राजापुर नगरपालिकाकी ११ बर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको थ्रोट स्वाब संकलन गरिएको हो।

ति बालिका मजगाउँस्थित आफन्तको घरमा एक महिना भन्दा बढि समय बसेकी थिईन भने भजनीमा ४, ५ दिन मात्रै बसेकी थिईन्। आज मजगाउँका थप ३९ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिनेछ। 

चैत ५ गते कैलाली आएकी संक्रमित बालिका ४२ दिन बसेर बर्दिया फर्किएको खुलेसंगै उनको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी भएको थियो। ११ बर्षिया बालिकामा सोमवार मात्रै कोरोना पुष्टि भएको थियो।

बैशाख १६ गते ११ बर्षिय बालिका हजुरआमासंगै कैलालीबाट बर्दिया जान लागेपछि बर्दियाको राजापुर नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो। बालिकाकी हजुरआमाको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। 
 

कमेन्ट लोड गर्नुस