नेपालमा स्टार्फ नर्सलाई कोरोना संक्रमण
कपिलवस्तुमा कोरोना संक्रमतमध्ये एकजना स्वास्थ्यकर्मी भएको खुलेको छ। कपिलवस्तुमा मंगलबार भेटिएका ८ कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको खुलेको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले भने, ‘८ जना क्वारेन्टाइनमा रहेका र १ जना अस्पतालमा काम गर्ने सिस्टर रहेको जानकारीमा आएको छ।’
कपिलबस्तु नगरपालिका– १ की २५ वर्षीय युवती संक्रमित भनिएको छ। ती यूवती स्वास्थ्यकर्मी भएको र उनी कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइएको छ।