सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएइबाट कोरोना संक्रमित कैलालीका युवकले भने– मर्ने बेला हुन पाउँ, जन्मिएको ठाउँ

२०७७ वैशाख ३०, ०९:२९ खबर संवाददाता

धनगढी : अछाम जिल्लाको एउटा सानो गाउँ भटाकाटिया पुदुमा जन्मिएपछि कामका लागि बिदेश जाने रहर कहिल्यै भएन्। विद्यालय शिक्षा अछाममै सकेपछि उच्च शिक्षा पढ्नका लागि सहर छिर्ने रहर भने थियो।

तर सहर छिर्न पनि सजिलो थिएन्। अछाममै कृषि जेटिए पढे र १८ बर्षकै उमेरमा रोजगारीका लागि भौतारीन थाले। सरकारी र नीजि क्षेत्रमा काम पाउन भने सहज थिएन्।

सरकारी र नीजि क्षेत्रमा काम पाउनका लागि लिंक चाहिदो रहेछ। पावर चाहिदो रहेछ। त्यो पनि मन्त्री सम्मको। कि त अनुभव चाहिदो रहेछ तीन बर्ष काम गरेको।

तर १८ बर्षको किशोरले तीन बर्षको अनुभव कहाँबाट ल्याउन सक्थ्यो। र केही सीप नलागेपछि बाध्य भएर विदेशिने योजना बनाए। १९ बर्षको पुगेकै थिएन म कामका लागि युएईको दुबइमा पुगे। 

रोजगारीका लागि दुबई पुगेपछि आमाबुवाको बुढेसकालको सहारा बन्न सकेको अनुभव भने भएको छ। निकै चुनौतीहरुका बावजुद कैलालीको लम्किमा जग्गा किनेर सानो घर पनि बनाए।

आमाबुवा र भाईबहिनीहरुलाई सहरको वासिन्दा बनाए। झण्डै चार बर्षपछि घर फर्किने योजना बनाए। घर आउनकै लागि अप्रिल २ तारिखको टिकट लिए।

तर सोही समयमा यो महामारी आउला र घर जाने सपना सपनामै सीमीत होला भनेर कहिल्यै सोचेको थिएन्। घर जान पाईन ठिकै थियो। तर आफै कोरोना संक्रमित हुनुपर्ला भन्ने त झनै सोचेको थिएन्।

न कोरोनाको लक्षण थियो, न कुनै स्वास्थ्यमा समस्या नै। तर पनि अप्रिल २० मा परीक्षण गर्दा कोराना पुष्टि भयो। दुई पटक सम्मको परीक्षण रिपोर्ट पोजेटिभ नै देखाएको छ।

आज तेस्रो पटक परीक्षण हुँदै छ। अहिले युएईमा शरिरमा विश्वभर फैलिरहेको कोरोना भाईरसका किटाणुहरुसंग प्रतिस्पर्धा गर्दैछु। मलाई थाह छैन म जित्छु वा यो भाईरसले मलाई जित्छ।

हामी दुबै जित्ने अडानमा छौ। तर यो सत्य हो खेलमा एउटाको हार र एउटाको जीत अबश्य हुन्छ। 

मेरा सबै आफन्त र शुभेच्छुकहरुले दिएको हौसला, माया प्रेम र सद्भावले यो कठिन समयमा मलाई हौसला दिएको छ। म निकै बलियो पनि भएको छु।

खुसिसाथ कोरोनालाई जितेको बिजय पथमा रमाउन मन छ। तर त्यो दिन कहिले आउछ त्यो भने थाहा छैन्। तर अहिले पनि घर परिवार र देशको चिन्ता लाग्न भने छोडेको छैन्।

बाचुन्जेल जहाँ भएपनि मर्ने बेला जन्मिएको ठाउमा हुने ईच्छा छ। यो इँच्छा पूरा भए मलाई पनि पुग्छ। 

हाल युएईमा रहेका कोरोना संक्रमति कैलालीको लम्कीका २२ बर्षीय युवकसंग भएको कुराकानीमा आधारित
 

कमेन्ट लोड गर्नुस