भारतिय हस्तक्षेप विरुद्ध कैलालीमा ६ विद्यार्थी संगठनको विरोध
भारतले गत शुक्रवार नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा कैलालीमा विभिन्न ६ विद्यार्थी संगठनले कडा आपत्ति जनाएका छन्। भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रवार धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए।
६ दलका संयुक्त विद्यार्थी संगठनले सोमबार विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेकाले भारतिय हस्तक्षेप विरुद्ध कडारुपमा उत्रिने चेनावनि दिईएको छ। विज्ञप्तीमा ‘हालसालै भारतिय साम्राज्यवादले नेपालको भुमि प्रयोग गरि चिन संग जोड्ने ब्यापारिक मार्ग को उद्घाटन गरिएको छ।’ साम्राज्यवादि हस्तक्षेप को यस कदम प्रती घोर निन्दा एवं भत्सर्ना गर्दछौं।’–उल्लेख छ।
साम्राज्यवादि भारतका रक्षामन्त्री राजनाथ सिहले नेपाली भुभाग गुन्जी र लिपुलेख हुँदै धार्चुला र मानसरोवर जोड्ने ब्यापारिक मार्ग उद्घाटन गरि सक्दा समेत सरकारको उदासिनता र लाचारिपन प्रति संयुक्त विद्यार्थी संगठन खेद प्रकट गर्दै सो कार्य तत्काल रोक्नका लागि भारतीय सरकार संग कुटनैतिक पहल गर्नका लागि नेपाल सरकार संग संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछौ। विज्ञप्तीमा उल्लेख छ।
नेपालको भौगोलिक अखण्डता र स्वाधीनता माथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सरिक हुन अखिल (क्रान्तिकारी) सहित विभिन्न ६ विद्यार्थीसंगठनले अपिल गरेका छन्।