सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका बैँकमा हुने भीडभाडले कोरोनाको जोखिम बढायो

२०७७ वैशाख २९, १२:०१ भुवन भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीका बैँक तथा वित्तिय संस्थामा हुने भीडभाडले कोरोना भाईरसको जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ। लकडाउनपछि आशिंक रुपमा सेवा दिदै आएका बैँक तथा वित्तिय संस्थाहरु आईतबारदेखि नियमित सञ्चालन भएपछि बढेको भीडले जोखिमको चिन्ता गरिएको हो।

सम्भावित जोखिमलाई  मध्यनजर गरी बैँक तथा वित्तिय संस्थाहरुले सामाजिक दुरी कायम नगरपछि जोखिम बढेको हो। बिहान ११ देखि दिउँसो १ बजे सम्म सिमित बैँङकिङ सेवा उपलब्ध हुने भएपछि पुग्ने सेवाग्राहीहरुले भीडभाड हुन थालेपछि कोरोना भाईरसको जोखिम बढ्ने देखिएको हो। तर सेवाग्राहीले भने उचित व्यवस्थापन नहुँदा सामाजिक दुरी कायम गर्न नसकिएको गुनासो गरिरहेका छन्।

राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन पुगेका धनगढीका स्थानीय सुरेन्द्र मल्लले चेक साट्न गएको तर बाहिर उभिने सम्म ठाउँ नहुदा समस्या भएको सुनाए। कैलालीमा बैँकहरु खुला रहने व्यवस्था गरिएपनि सामाजिक दुरी कायम नगगर्दा जोखिम बढेको छ। सेवाग्राहीलाई दुरी कायम गराउन केही जटिलता भएको बैंकहरुले दावी छ।

अहिले दैनिक ३ सय जनाले राष्ट्रिय वाणिज्य बैंक मार्फत सेवा लिईरहेका छन्। विहान १० बजेदेखी दिउँसो १ बजेसम्म खुल्ला रहने बैँकले पाँच जना कर्मचारी राखेर सेवा प्रवाह गरीरहेको प्रबन्धक हरिश भट्टले बताए। उनले बैंकको पछाडीबाट सेवाग्राहीलाई लाईन लागेर सेनिटाईज गरेर मात्रै एक पटक पाँच जनालाई प्रवेश गर्न दिईएको बताए।

धनगढीकै कृषि विकास बैंकले पनि लकडाउनको पाँच दिन पूर्ण रुपमा सेवा बन्द गरेपनि त्यसयता भने आवश्यक सुरक्षा अपनाएर कारोबार गरिरहेको जनाएको छ।  आजका दिन सम्म आईपुग्दा सेवाग्राहीको चाप केही बढेकाले सुरक्षित तरिकाले सेनिटाईजर गरेर मात्रै प्रवेश गर्न दिईएको प्रबन्धक जगदिश पन्तले बताए।

तर सेवाग्राहीले सामाजिक दुरी कायम नगर्दा केही जोखिम भने रहेको उनले स्वीकार गरे। लकडाउनपछि आईतबार सम्म तीन करोडको नगद भुक्तानी तथा एटीएमबाट एक करोडको कारोबार भएको कृषि विकास बैंकका प्रबन्धक पन्तले बताए।

कार्यालय सारेर धनगढीको चौराहबाट सेवा प्रदान गरिरहेको नेपाल बैंक लिमिटेडले समान्य समयको जस्तो सेवाग्राहीको चाप नभएको जनाएको छ।

बैकका प्रबन्धक सिद्धराज फुलाराले दैनिक रुपमा सेवा लिन आउने सेवाग्राहीका लागि सेनिटाईजरको व्यवस्था मिलाईएको बताए।    
 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस