सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सिर्जनशिल युवा क्लबद्वारा मास्क वितरण

२०७७ वैशाख २८, ०७:४१ खबर संवाददाता

धनगढी : धनगढीको सिर्जनशिल युवा क्लबले मास्क वितरण गरेको छ। कोरोना भाईरसको जोखिमबाट बच्नको लागि उप–महानगरपालिकाको वडा नम्बर १२ मा रहेको सिर्जनशिल युवा क्लबले एक सय ५० परिवारलाई मास्क वितरण गरेको हो। 

समाजिक दुरी कायम गरी वडामा रहेका सुकुम्बासी, दलित, जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला लगायतलाई मास्क वितरण गरिएको क्लबका अध्यक्ष रविन्द्र थापाले बताए। क्लबका पूर्वअध्यक्ष पुण्य प्रकाश बराल लगायत अन्य स्थानीय व्यापारीहरुको सहयोगमा मास्क वितरण गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस