सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका युवाद्वारा अतिविपन्न परिवारलाई राहत वितरण

२०७७ वैशाख २८, ०४:१६ डीवि विष्ट

बझाङ : बझाङको सुर्मा गाउँपालिकाका युवाहरुले अतिविपन्न परिवारलाई राहत वितरण गरेका छन्। उनीहरुले रकम संकलनगरी गाउँपालिकाभरिका अतिविपन्न परिवारहरुलाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरेका हुन। 

उनीहरुले झण्डै दुई लाख रकम संकलन गरी स्थानीय जनप्रतिनिधिहरुसंग समन्वय गरेर १ सय ५० घरपरिवारलाई चामल, नुन र साबुन वितरण गरेका हुन। स्थानीयबाट संकलन भएको रकमले राहत वितरण गरेको युवा दिनेश बोहराले बताए। आफुहरुले प्रतिपरिवार २० किलो चामल, दुई पोका नुन र एक थान साबुन वितरण गरेको उनले बताए। 

राहतका लागि उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, कलक बोहरा, सुरेन्द्र बोहरा, चक्र बोहराले ११/११ हजार र उमेश बहोराले १० हजार  सहयोग गरेका थिए।  यस्तै मनोज पुजारा, विरपल बोहरा, रमेश बोहराले ७÷७ हजार, कलक विक, विक्रम विक, दिनेश बोहरा, कुश बोहरा, प्रकाश बोहरा, गणेश पुजारा, सुर्य पुजाराले ६/६ हजार र ऐन बोहराले ७ हजार ५ सय सहयोग गरेका छन्। 

यस्तै दिपक पुजारा, देवचन्द्र बोहरा, तिलक पुजारा, दिपक वोहरा, दिपक रोकायाले नगद ५/५ हजार सहयोग गरेका छन्। भैरे वोहराले ४ हजार ५ सय र कृष्ण बोहराले ३ हजार, लक्ष्मीराज जोशी र रामचन्द्र बोहराले ३ हजार ५ सय सहयोग गरेर युवाहरुको सक्रियतामा सहयोग गरेकोस्थानीय समाजसेवी कलक बोहराले जानकारी दिए।

 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस