कैलालीमा प्रिन्सिपल भुसाल मृत्यु प्रकरणः हत्यारा पत्ता लगाउन माग गर्दै मसुरियामा प्रदर्शन
धनगढी : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ को बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै प्रदर्शन गरिएको छ। आइतबार स्थानीय तथा पूर्व विद्यार्थीहरुले मसुरिया बजारमा प्रदर्शन गरेका हुन्।
भुसाल मृत भेटिएको १८ दिन हुँदापनि कैलाली प्रहरीले घटनामा संलग्नको पहिचान गर्न नसकेको भन्दै मसुरियामा प्रर्दशन भएको हो।मसुरिया बजारमा प्रदर्शन गर्दै उनीहरुले राजमार्ग समेत अवरुद्द पारेका छन्। उनीहरुले प्रहरी बिरुद्द नाराबाजी समेत गरेका छन्।
एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसालको शव वैशाख ११ गते राति घोडाघोडी नगरपालिका १० आमखैयामा भेटिएको थियो। अहिले स्थानीयले दैनिक प्रदर्शनगरी प्रहरी प्रसाशनलाई हत्या भएको र संलग्नलाई सार्वजनिक गर्न माग गर्दै आएका छन्।
प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक भने गरेको छैन्। कैलाली प्रहरीले घटनामा संलग्नको बारेमा अनुसन्धान भइरहेको बताउँदै आएको छ।