सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा मजदुरलाई राहत वितरण
धनगढी :सुन्दर सुदूरपश्चिम यातायात प्रालिले राहत वितरण गरेको छ। आइतबार प्रालिले यातायात क्षेत्रमा संलग्न मजदुरहरुलाई राहत वितरण गरेको हो।
लकडाउनका कारण समस्यामा रहेका ६ सय मजदुरलाई राहत वितरण गरिएको प्रालिका वरिष्ठ उपाध्यक्ष गणेशराज पाण्डेले बताए। यातायात बन्द भएकाले दैनिकी चलाउन समस्या भएका मजदुरहरुलाई राहत वितरण गरिएको उनले बताए।
प्रती व्यक्ति २० किलो चामल, दुई किलो दाल, एक किलो नुन र १ पोका खानेतेल वितरण गरिएको प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए।
लकडाउन अझै लम्बिए दोस्रो चरणको राहत समेच वितरण गर्ने उनले बताएका छन्। राहत वितरण कार्यक्रममा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपक थापा पनि सहभागि भएका थिए।