जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग
धनगढी : बझाङ जिल्ला खप्तडछान्ना गाउँपालिका ४ की केशरी जोशीले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेकी छिन्। धनगढीको तारानगरमा रहेको मानवसेवा आश्रमलाई शुक्रबार उनले ७ हजार २० रुपैँया बराबरको खाद्यान्न र अन्य दैनिक उपभोग्य सामान सहयोग गरेकी हुन्।
आश्रमका अभिभावक समेत रहेका सिद्धराज पनेरुका अनुसार जोशीले आफ्ना श्रीमान परमानन्द जोशीको उपस्थितिमा तीन बोरा चामल, एक कार्टुन चाउचाउ, १० किलो आलु, पाँच किलो दाल, दुई प्याकेट नुन, एक दर्जन साबुन लगायतका सामान सहयोग गरेकी हुन्।