नेकपा अध्यक्ष प्रचण्डको वैवाहिक वर्षगाँठमा नातिनीद्वारा सहारा घरलाई सहयोग
धनगढी : गायिका स्मिता दाहालले कैलालीको बौनियाँमा रहेको सहारा घरलाई सहयोग गरेकी छन्। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को ५१औँ वैवाहिक वर्षगाँठको अवसरमा उनले सहारा घरलाई सहयोग गरेकी हुन्।
मानसिक रोगीहरूलाई आश्रय दिइरहेको सहारा घरलाई उनले ५१ हजार बराबरको लुगाकपडा र खाद्यान्न सहयोग गरेको पत्रकार प्रकाश मिश्रले जानकारी दिए। मिश्रले नै लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरेका थिए।
केही समयपहिले साङ्गीतिक कार्यक्रममा कैलाली आउँदाउ नले सहारा घरलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन। सोही अनुसार हजुरबुवाको वैवाहिक वर्षगाँठको अवसर पारेर उनले शुक्रबार सहयोग रकम पठाएकी हुन्।
बौनियाको सहारा घरमा अहिले ७३ जना मानसिक रोगीहरुले आश्रय लिइरहेकोे सञ्चालक बलबहादुर विष्टले जानकारी दिए। उनले गर्मी मौसम सुरु भएकाले लुगाकपडाको अभाव रहेको र खाद्यान्न पनि प्रयाप्त नभएको बताए। दाहालले गरेको सहयोगले राहत भएको उनले बताएका छन्।