सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सीमा क्षेत्रमा स्थापना गरिएका सशस्त्रका पोष्ट हावाले उडायो

२०७७ वैशाख २६, ०७:३१ खबर संवाददाता

धनगढी : कैलालीको सीमा क्षेत्रमा स्थापना गरिएका सशस्त्र प्रहरीका पोष्ट हावाले उडाएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ५ हौसलपुर र भजनीको गुलरिया घाटमा रहेको पोष्ट हावाले उडाएको हो भने अन्य दर्जनौ क्षेत्रमा रहेका पोष्टमा क्षती पुगाएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

बिहीवार बिहान आएको हावाहुरीले पोष्टमा ठूलो क्षती पुगाएको नम्वर ३४ गण हेडक्वाटर कैलालीले दिनेश खवरलाई जानकारी दिएको छ। कैलालीमा भारतीय सीमासंग जोडिएको एक सय एक किलामिटर क्षेत्र सशस्त्र प्रहरी सील गरेको छ। सीमा ४२ वटा अस्थायी पोष्ट र एक सय २१ ड्युटी पोष्ट स्थापना गरिएको छ भने ६ सय बढि सशस्त्र प्रहरी खटाईएको छ। 
 

कमेन्ट लोड गर्नुस