कैलालीमा १९ गोलिया काठ बरामद, तस्कर फरार
धनगढी : कैलालीमा सालको काठ बरामद गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिकामा वन कर्मचारीको टोलीले काठ बरामद गरेको हो।
बुधबार नगरपालिकाको वडा नम्बर ८ बचैलाबाट वन कर्मचारीको टोलीले १९ गोलिया सालको काठ बरामद गरेको हो। विशेष सूचनापछि खटिएको वन कर्मचारीको टोलीले लुकाइछिपाइ राखेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ सालको गोलिया बरामद गरेको सव–डिभिजन वन कार्यालय बर्दगोरियाका प्रमुख कृष्णबहादुर बोहराले दिनेश खबरलाई जानकारी दिए।
बोहराको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा काठ तस्करले आ–आफ्नो घर नजिकै लुकाएर राखेको भेट्टाएपछि काठ नियन्त्रणमा लिएको हो। काठ तस्करीमा संलग्नहरु वन कर्मचारीको टोलीलाई देखेर भागेको उनको भनाइ छ। उनीहरूको खोजी कार्य जारी छ।