सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चट्याङ लागेर दुईजना घाइते

तस्वीर : मदन धामी
तस्वीर : मदन धामी
२०७७ वैशाख २५, ०१:११ खबर संवाददाता

डडेल्धुरा : चट्याङ लागेर डडेल्धुरामा दुईजना घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ का ३ वर्षीया रेनुका जोशी र ५५ वर्षीया कलावती जोशी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

बिहान घरमा सुतिरहेको अवस्थामा चट्याङ् पर्दा घाइते भएको प्रहरीले जनाएको छ। चट्याङ पर्दा छिमेकी जयलाल बोहराको गाइगोरुमा समेत क्षति भएको जनाएको छ। घाइतेहरुको अहिले जोगबुढा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस