सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत २० जना बिद्यार्थीलाइ राहत वितरण

२०७७ वैशाख २५, ०७:५२ खबर संवाददाता

धनगढी : कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत २० जना बिद्यार्थीलाइ राहत वितरण गरिएको छ। वन रूपी कन्सेप्ट समूहले लकडाउनका कारण समस्यामा परेका बिद्यार्थीहरुलाई राहत वितरण गरेको हो। 

भाडामा बस्दै आएका विद्यार्थीहरुलाई राहत होस भन्ने उद्देश्यले राहत वितरण गरिएको समूहका अध्यक्ष आदित्य जोशीले बताए।

उनका अनुसार प्रति व्यक्ति १० किलो चामल, साढे एक किलो दाल, दुई वटा साबुन, एक किलो नुन र एक लिटर तेल वितरण गरिएको हो। कैलाली बहुमुखी क्याम्पसका अध्यापकहरुको सहयोगमा राहत वितरण गरिएको जोशीले बताए। 

कमेन्ट लोड गर्नुस