कांग्रेस नेता क्षेत्रीद्वारा अमरगढीका दलित परिवारलाई खाद्यान्न सहयोग
डडेल्धुरा : नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका आमन्त्रित सदस्य टंकबहादुर क्षेत्रीले विपन्न दलित परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। लकडाउनका कारण समस्या भएको भन्दै अमरगढी नगरपालिका वडा नम्बर ५ बागबजार निवासी उनले सहयोग गरेका हुन।
वडा कार्यालयको समन्वयमा उनको परिवारले २४ घरपरिवारलाई प्रति परिवार ३० किलोका दरले चामल सहयोग गरेका छन्। ३० परिवारलाई खाद्यान्न वितरण गर्ने लक्ष्य रहेकोमा बाँकी विपन्न परिवार खोजेर सहयोग गर्ने टंकबहादुर क्षेत्रीले बताए।