सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अधिकासं उद्योग बन्द

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख २३, ०३:२० भुवन भट्ट

धनगढी :  लकडाउनको समयमा सरकारले उद्योगधन्दा संचालनको पूर्ण अनुमति दिएपनि कैलालीका अधिकांस उद्योग भने अहिले बन्द अवस्थामा रहेका छन्। कच्चापदार्थको अभाव, बजारिकरणमा समस्या र कामदारहरुको व्यवस्थापन लगायतका समस्या देखापरेपछि अधिकांश उद्योगहरु बन्द रहेका हुन्। 

लकडाउनका कारण पछिल्लो समय कैलालीमा साना ठूलागरी ९५ उद्योगधन्दा बन्द भएका छन्। घरेलू, मझौला, ठुला उद्योग गरी कैलालीमा सय बढी उद्योग रहेपनि अहिले ७/८ वटा उद्योग मात्रै संचालनमा रहेका छन्। 

संचालनमा रहेका उद्योगधन्दा पनि कच्चापदार्थ अभाव तथा उत्पादित वस्तु बिक्रेताकहाँ पुर्‍याउन नसक्दा समस्यामा परेका छन्। सरकारले उद्योगधन्दा सुचारु गर्न भनेपनि अन्य व्यवस्थापनमा सहयोग नगर्दा उद्योग सञ्चालनमा समस्या भएको राजश्री खाद्य उद्योगका संचालक मनोज अग्रवाले बताए। 

यता जिल्ला प्रशासन कार्यालय कैलालीले भने उद्योगधन्दा संचालनमा कुनै कानूनी अडचन नल्याईएको दावी गरेको छ। अहिले अत्यावश्यक खाद्यवस्तु उत्पादनका लागि उद्योगहरु खुला रहेकाले बन्द उद्योग सञ्चालनमा ल्याए कुनै समस्या नहुने जिल्ला आपुर्ति व्यवस्थापन समितिका अध्यक्ष तथा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।  

लकडाउनकै कारण उद्योगधन्दा बन्द रहे खाद्यसामग्री आपुर्तिमा समस्या हुने भन्दै चिन्ता बढेको छ। 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस