सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बैंकका कर्मचारीद्वारा बादी परिवारहरुलाई राहत वितरण

२०७७ वैशाख २२, ०३:२३ खबर संवाददाता

बझाङ : बझाङको सदरमुकाम चैनपुरमा शाखा रहेको एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुद्वारा चैनपुरमा रहेका विपन्न बादी परिवारहरुलाई खाद्यान्न वितरण गरिएको छ। एभरेष्ट बैंक जिल्ला शाखा बझाङका शाखा प्रमुख कविरलाल मास्केसहित अन्य बैङका कर्मचारीहरुले २५ हजार बराबरको खाद्यान्न सामाग्री खरिदगरी ११ बादी परिवारलाई वितरण गरेका हुन। 

बैंकका कर्मचारीहरुले वडाअध्यक्ष दलबहादुर विष्टको रोहबरमा बादी समुदायका प्रति परिवारलाई ३० किलो चामल, २ पोका तेल, एक किलो नुन, २ किलो दाल र २ थान नुहाउने साबुन उपलब्ध गराएका हुन।  

लकडाउनको समयमा मजदुरी गरेर खाने अतिविपन्न परिवारलाई खाद्यान्न अभाव भएको महशुस गरेर कर्मचारीहरु मिलेर उनीहरुलाई सहयोग गरेको शाखा प्रमुख कविरलाल मास्केले बताए। यस्तै जिल्लाको तल्कोट गाउँपालिका र सुर्मा गाउँपालिकामा रहेका शाखाहरुले पनि त्यस ठाउँका अतिविपन्न २५ परिवारहरुलाई राहत उपलब्ध गराएको मास्केले बताए।  

कमेन्ट लोड गर्नुस