सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बसभित्रै मध्यरातमा युवकसंगै भेटिएका दुई युवतीलाई क्वारेन्टाइनमा राखियो

२०७७ वैशाख १९, ०७:३३ खबर संवाददाता

धनगढी : धनगढीमा पार्किङ गरिएको बसमा मध्यरातमा भेटिएका चार जना युवायुवती मध्ये दुई युवतीलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरुक आफन्तले घर लैजान नमानेपछि क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुलाई धनगढीस्थित रंगशालाको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

काठमाडौँबाट आएका उनीहरु दुबै जना डडेल्धुराका हुन्। दुबै युवतीसंग बसभित्रै भेटिएका धनगढीकै २४ बर्षीय दिलिप थापामगर र टीकापुरका १९ बर्षीय राम चौधरीलाई भने परिवारको जिम्मा लगाईएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीस्थित ६ लेन सडकदेखि शिवपुरी धाम जोड्ने सडकमा पार्किङ गरिएको बसमा भेटिएका दुई जना युवा र दुई युवतीलाई प्रहरीले तीन दिन अगाडि राति ११ बजे पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका चार जना मध्ये एक जना सोही बसका सह–चालक हुन भने अर्का युवा उनका साथी हुन्। 
 

कमेन्ट लोड गर्नुस