सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कोरोना आशंका गरिएकी महिलाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख १८, ०५:०५ खबर संवाददाता

धनगढी : जिल्ला अस्पताल अछामको आईसोलेसनमा राखिएकी एक महिलाको मृत्यु भएको छ जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ५ की ५१ बर्षीय महिलाको मृत्यु भएको हो।

अछामका कोभिड १९ सम्पर्क व्यक्ति देवदत्त जोशीका अनुसार ज्वरो आएपछि उनलाई तीन दिन अगाडि अस्पतालमा भर्ना गरिएकोमा आज बिहान मृत्यु भएको हो। 

उनमा कोरोनाको लक्षण देखिएको थियो भने अन्य कुनै स्वास्थ्य समस्या थिएन्। आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थिएन्।

तर आज बिहान मृत्यु भएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाईएको जोशीले दिनेश खवरलाई बताए। उनका छोरा केही साता अगाडि मात्रै भारतबाट फर्किएका थिए। 

कमेन्ट लोड गर्नुस