टीकापुर अस्पताललाई कोइकाद्वार २५ लाखको स्वास्थ्य सामाग्री सहयोग
धनगढी : कोरियाली अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) ले कोरोना नियन्त्रण अभियानमा सहयोग पुग्ने उद्देश्यले टीकापुर अस्पताललाई करिव साढे २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ।
छ प्रकारका स्वास्थ्य सामाग्री दक्षिण कोरीयाका राजदूत एच. ई. पार्क योङ सिकले आज टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरे।
पिपिई २ सय ५० सेट, केएन ९५ मास्क एक हजार दुई ४० थान, सर्जिकल मास्क ४ सय ८५ थान, सर्जिकल ग्लोब्स एक् हजार २ सय थान र सेनिटाइजर २ सय लिटर कोईकाले सहयोग गरेको हो।
अध्यक्ष रावलले कोइकाले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पु¥याईरहेको प्रति धन्यवाद व्यक्त गरे।
कोइकाले टीकापुर अस्पतालको विकासमा ठूलो लगानी गरेको छ। उसले अस्पतालको भौतिक संरचना निर्माणका साथै उपकरण र स्वास्थ्यकर्मी समेत सहयोग गर्दै आएको छ।
यस्तै कोइकाले अन्य तीनवटा अस्पताललाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेको छ। कोइकाले नुवाकोटको त्रिसुली अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र भक्तपुरको नेपाल कोरीया मैत्री अस्पतालला समेत स्वास्थ्य सामाग्री प्रदान गरेको हो।