सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगरपालिकालाई कांग्रेसद्वारा सय कट्टा चामल सहयोग

२०७७ वैशाख १८, ०३:०१ खबर संवाददाता

चौमाला, कैलाली :  नेपाली कांग्रेस गौरीगंगा नगर समितिले नगरपालिकालाई चामल सहयोग गरेको छ। लकडाउनका बेला दैनिक उपभोग्य सामान नभएर समस्यामा रहेका नागरिकलाई राहत वितरणका लागि भन्दै सय कट्टा चामल सहयोग गरेको क्षेत्रीय सभापति दिनेशराज जोशीले जानकारी दिए।

उनका अनुसार २५ किलोग्रामका सय कट्टा चामल गौरीगंगा नगरपालिकाका मेयर भिमबहादुर देउवालाई हस्तान्तरण गरिएको हो।  नगर क्षेत्रका समाजसेवी, वुद्धिजिवि, नागरिक समाज, व्यापारी, शिक्षक, कर्मचारी, नेता तथा कार्यकर्ताबाट संकलित रकमबाट एक सय कट्टा चामल खरिदगरी नगरपालिकाको कार्यालयमै नगर प्रमुख देउवालाई हस्तान्तरण गरिएको हो।

‘हामीले ज्याला मजदुरी गरेर खाने परिवारको अवस्था नाजुक देखेपछि कांग्रेसप्रति आस्थावान व्यक्तिहरुले रकम संकलन गरी चामल खरिद गरेर राहत हस्तान्तरण गर्ने निर्णय ग¥यौँ’ कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति दिनेशराज जोशीले भने ,‘यो राहत स्वरुप दिइएको चामल हामीले नगरपालिकामार्फत विपन्न वर्गकहाँ पु¥याइदिन आग्रह गरेका छौँ।’ 

विपद्को घडीमा कांग्रेस जहिलै जनताका साथमा हुने भएकाले कोरोनाको संत्रासका बेला दैनिक ज्याला मजदुरी गरि खाने वर्गलाई समस्या नहोस भनेरै राहत संकलन गरी नगरपालिकालाई हस्तान्तरण गरेको कैलाली क्षेत्र नम्बर ४ का कांग्रेस पूर्व क्षेत्रीय सचिव तथा युवा नेता मोहन साउँदले बताए। 

अहिलेसम्म कुनैपनि राजनीतिक दलले नगरपालिकामा राहत नबाँडेको बताउँदै उनले भने,‘राजनीतिक दलमा कांग्रेसले पहिलोपटक नगरपालिकालाई राहत हस्तान्तरण गरेको हो।’ सरकारको एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने नीति अनुसार नै आफूहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेको नेता साउँदले बताए।

कमेन्ट लोड गर्नुस