सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लकडाउन उल्लंघन गर्ने १८ जना पक्राउ, ९१ सवारी साधन नियन्त्रणमा

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख १५, ०८:१४ खबर संवाददाता

धनगढी : कैलालीमा लकडाउन उल्लंघन गर्ने १८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले लकडाउन उल्लंघन गर्ने उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कारवाही गर्दै छोडिएको हो।

उनीहरुलाई एक घण्टा सडकमा उभ्याईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार आज मात्रै ९१ वटा सवारी साधन नियन्त्रणमा लिईएको छ। 

गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढेपछि आज मात्रै परिपत्र गर्दै लकडाउनमा कडाई गर्न निर्देशन दिएको हो। भोलिदेखि जिल्लाभरी आवागमन समेत बन्द गरिने स्थानीय प्रशासनले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस