कोरोनाबाट २ लाख ७ हजार बढीको मृत्यु
२०७७ वैशाख १५, ११:३३
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ७ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ७ हजार ८ पुगेको छ।
यस्तै २९ लाख ९५ हजार १ सय ५२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ८ लाख ८१ हजार ५ सय १० जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस