सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालबाट बैशाख ५ मा भारत फर्किएका दुई जनामा कोरोना पुष्टि

२०७७ वैशाख १४, ०८:२७ खबर संवाददाता

नेपालबाट भारत फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि  भएकाे छ। राजापुर नगरपालिका बर्दियाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएको हो।

बर्दियाबाट बैशाख ५ गते भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ती भारतीय नागरिकहरु वैशाख ५ गते बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

त्यसपछि भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको थियो। कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको जनाइएको छ।

त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो। तर, अन्यमा कोरोना संक्रमण देखिएको छैन्। उनीहरु कार्यरत क्रसर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिक रहेको बताइएको छ।

कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले नेपाल र भारत दुवै पक्षले सीमा नाका बन्द गरे पनि ती भारतीय नागरिकहरु भारतबाट लुकिछिपी भारत गएको हुन सक्ने अनुमान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस