सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनका कोरोना संक्रमित युवक डिस्चार्ज

२०७७ वैशाख १३, ०६:३१ खबर संवाददाता

कोरोना संक्रमित चितवनका युवक डिस्चार्ज भएका छन्। चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय युवकलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। ती युवकको शुक्रबार कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालले जनाएको छ।

डिस्चार्ज भए पनि ती युवक केही दिन भने अस्पतालमै बस्ने बताइएको छ। उनकी कोरोना संक्रमित आमाको उपचार भरतपुर अस्पतालमा नै भैरहेकाले उनले केही दिन अस्पतालमा नै बस्ने इच्छा राखेको अस्पतालले जनाएको छ। भरतपुर अस्पतालको क्याविनमा राखेर उपचार गराइरहेका युवककी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएकाले उनलाई अझै अस्पतालमा नै राखिने अस्पतालले जनाएको छ।

गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा–छोराको ¥यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। भरतपुर र काठमाडौं टेकुमा गरिएको पीसीआर परीक्षणसमेत पोजेटिभ आएपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो।
नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ ।
 

कमेन्ट लोड गर्नुस