कैलालीमा ६८ वर्षीया महिला तलाउमा मृत भेटिइन्
धनगढी : कैलालीमा मौवा टिप्न भन्दै जंगल गएकी ६८ वर्षीया महिला तलाउमा मृत भेटिएकी छन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ हसुलियाकी ६८ नरकलीदेवी चौधरी नैनी तालमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बिहान ६ बजे घरबाट गौरीगणेश जंगल मौवा टिप्न गएकी चौधरी तालमा मृत भेटिएको बताए। अबेर सम्म नफर्किएपछि आफन्तहरुले खोजी गर्दा उनी तालमा मृत भेटिएकी हुन्।