सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साझा पार्टीको रक्तदान कार्यक्रम सम्पन्न, १९ पिन्ट रगत संकलन

२०७७ वैशाख १३, १२:०८ खबर संवाददाता

धनगढी-साझा पार्टीले धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आयोजना गरिएको रत्तदान कार्यक्रममा १९ पिन्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा सहभागी १९ जनाले एक–एक पिन्ट रगतदान गरेको साझा पार्टीले जनाएको छ।

लकडाउनको समयमा हुनसक्ने रगतको अभावलाई ध्यानमा राख्दै नेपाल रेडक्रससंगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको साझा पार्टी कैलालीको अभियान विभाग प्रमुख चुन्नु केसीले बताए।

कमेन्ट लोड गर्नुस