सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोज्दै थिए साथी, कैलालीमा मृत भेटिए एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष

२०७७ वैशाख १३, ०७:३७ खबर संवाददाता

धनगढी : एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण भुसाल बिहिवार साँझ साढे सात बजे सम्म घोडाघोडी नगरपालिकाको पहलवानपुरमै थिए। कैलालीको गौरीगंगा नगरपालिकास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिसल समेत रहेका उनको भेट पहलवानपुरमा रहेको छुट्टै बोर्डिङ स्कुलका सञ्चालकसंग भेट भयो।

उनीहरु दुबै जनाले त्यहाँ बसेर अम्लेटसंग बियर खाए। होटल सञ्चालक र भुसालका साथीले दिएको बयान अनुसार उनीहरुले सात वटा बियर खाएका थिए। साढे ७ बजे भोड्का साथमा ल्याएर साईकलमा घर तर्फ हिडेका उनी साढे ८ बजे सम्म घर पुगेनन्।

भुसालकी श्रीमतीले कृष्णलाई फोन नलागेपछि केही बेर सम्म संगै रहेका साथीलाई फोन गरिन्। साथीले केही समयमा पुग्छन् होला भन्ने प्रतिक्रीया दिए। त्यस्को केही समयपछि कृष्णकी श्रीमतीले फेरी फोन गरिन् र कृष्णका साथी मोटरसाईकलमा उनलाई खोज्न हिडे। तर बाटोमा कतै भेटाएनन्। कृष्णको घर सम्म पुगे।

उनकी श्रीमतीलाई पनि भेटे। फर्किदा झण्डै साढे १ण् बजिसकेको थियो। पहलवानपुरबाट झण्डै तीन किलोमिटर पश्चिम कृष्ण मृत अवस्थामा भेटिए। उनले परिवारका सदस्यलाई जानकारी गराए। बिहान ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्ट घटनास्थल पुगे।

त्यसपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरी पनि घटनास्थल पुगे। मसुरीया फर्किदा सडकको दक्षिण भएर फर्किनुपर्नेमा भुसालको शव विपरित साईडमा भेटिएको छ। उनले ल्याएका भोड्काका बोतल उनी मृत भेटिएको स्थान भन्दा झण्डै एक किलोमिटर पूर्व भेटिएका छन्।

सोही ठाउँमा उनले बान्ता पनि गरेका छन्। उनीसंगै भेटिएको मोवाईल अहिले बन्द छ। शरिरका विभिन्न भागमा सामान्य चोटपटक देखिएको छ। शवको पोष्टमार्टम भएपनि रिपोर्ट आईनसकेकोले उनको हत्या भएको हो वा मृत्यु खुल्ने सकेको छैन्। अहिले भुसालसंगै बियर पिउने साथी र होटल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ।

 जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी अधिकारीसंग गरिएको कुराकानीमा आधारित
 

कमेन्ट लोड गर्नुस