सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव अङ्गद्वारा डायलोसिस सेवा सञ्चालन

२०७७ वैशाख १२, १०:४०

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागुगरेको लकडाउनको बेलामा पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भने मिर्गौला बिरामीको लागि डायलासिस सेवा सञ्चालन गरेको छ। लकडाउनमा शुरुको दिनमा चारघण्टा डायलासिस गर्नुपर्ने बिरामीको समय घटाएर दुई वा तीन घण्टा गर्दै आएको अस्पतालले अहिलेभने पूरा समय नियमित डायलोसिस सेवा दिइरहेको छ।

दैनिक तीन सिफ्टमा ३० वटा डायलासिस मेशिनबाट केन्द्रले लकडाउनको समयमा पनि दैनिक ७५ जना मिर्गौलाका बिरामीलाई डायलासिस सेवा दिइरहेको केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो। अहिले सबै व्यवस्थापन गरेर बिरामीको आवश्यकताका आधारमा डायलासिसमा गरिरहेको जानकारी दिँदै उहाँले १०८ बिरामी डायलासिसको प्रतीक्षा सूचीमा रहेका जानकारी दिनुभयो।

अस्पतालमा आकस्मिक डायलोसिस गर्ने बिरामी दैनिक पाँचदेखि सातजना आउने गरेका छन्। मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेका बिरामी तथा दाताको नियमित फलोअप परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ। लकडाउन पछि मिर्गौैलाको शल्यक्रिया, प्रत्यारोपण, बहिरङ्गलगायतका सेवा भने रोकिएको केन्द्रले जनाएको छ।–रासस
 

कमेन्ट लोड गर्नुस