सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लकडाउनका बीच सरकार विरुद्ध उत्रियो नेविसंघ

२०७७ वैशाख १२, ०९:२९ खबर संवाददाता

धनगढी : प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले लकडाउनका बीच सरकारले ल्याएको अध्यादेशको खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको छ। धनगढस्थित प्रदेश सभाको भवन अगाडि केहीबेर प्रदर्शन गरिएको हो।

लोकतन्त्रलाई अप्ठ्यारोमा पार्ने गरी ल्याइएको अध्यादेशको विरोधमा प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्वर ५ का सभापति गजेन्द्र बिक्रम शाहीले बताए। अहिले सरकारको ध्यान जनताको जिवन रक्षामा केन्द्रित हुनुपर्नेमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप पनि नेविसंघले लगाएको छ।

 

कमेन्ट लोड गर्नुस