डडेल्धुरामा दुई मोटरसाइकल आपसमा ठोक्किए, ३ जना घाइते
डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडामा शनिबार साँझ दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्।
कृतिपुरबाट बागबजारतर्फ आउँदै गरेको से ४ प ३०३३ र विपरीत दिशाबाट जाँदै गरेको से ६ प ६८२८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। दुर्घटनामा से ६ प ६८२८ का चालक अमरगढी नगरपालिका–९ का २३ वर्षीय जगदीश भट्टलाइ चोट लागेको छ।
से ४ प ३०३३ का चालक अमरगढी–७ पोखराका ४० वर्षीय गणेश साकीको अवस्था मध्यम छ। सोही मोटरसाइकलमा सवार अमरगढी नगरपालिका–५ का ४७ वर्षीय दीपक भट्टको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।
तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार गरिएकोमा गणेश साकीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए। दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।