सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा कोरोना परिक्षण गरिएका ६ सय ४९ जनाको नतिजा नेगेटिभ

२०७७ वैशाख ११, ०७:५३ खबर संवाददाता

प्रताप ओली, बझाङ :  बझाङमा बिहिबार ८४ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परिक्षण गरिएको छ। कोराना भए नभएको पुष्टि गर्न जिल्ला अस्पताल बझाङ र जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा र्‍यापिड डाइगोनिष्टिक टेस्ट गरिएको हो।

जिल्ला अस्पतालमा ३७ जना र जयपृथ्वी नगरपालिका ७ सुवेडा आसपासका ४७ जनाको आरडिटी परिक्षण गरिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। यो संगै बझाङमा आरडिटी परिक्षण गर्ने व्यक्तिको संख्या ५ सय ७८ पुगेको छ भने आरटी पिसिआर परिक्षण गर्नेको संख्या ७१ पुगेको छ।

दुबै विधिबाट परिक्षण गरिएका ६ सय ४९ जनाको परिक्षण नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ। बझाङमा हालसम्म कुनै पनि व्यक्तिमा कोरोना संक्रमणको पुष्टि नभएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले बताए।

कमेन्ट लोड गर्नुस