सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगाका २ सय ८३ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

२०७७ वैशाख ११, ०७:२४ खबर संवाददाता

कैलाली:  भारत लगायत अन्य देशबाट आएका  गौरीगंगा नगरपालिका २ सय ८३ जनाको  र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) रिपोर्ट नेगेटिभ देखिएको छ । 

नगरपालिकामा चैत २८ गतेदेखि सुरु गरिएको आरडिटी चेकजाँच  वडा नम्बर २, ५, ६, ७, ९ र ११ मा बसोबास गरिरहेका २ सय ८३ जनाको आरडिटी चेकजाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्राथमिक स्वास्थ्य केन्द्र चौमालाका डा फुलराम चौधरीले बताए। नगरभित्र आएका सबैको आरडिटी चेकजाँच  गर्ने उनले बताए। 
   

 

कमेन्ट लोड गर्नुस